सुपमा लगानी गर्न उवा संघ कैलालीको आग्रह


लेखक : सुन्दराञ्चल      माघ ५, २०७८ मा प्रकाशित     
सुपमा लगानी गर्न उवा संघ कैलालीको आग्रह

कैलाली उद्योग वाणिज्य संघ ले मंगलबार गैरआवसीय संघ एनआरएन०का पदाधिकारीलाई धनगढीमाएक कार्यक्रमका बिच स्वागत गरेको छ । वाणिज्य संघले गैरआवासीय संघका अध्यक्ष कुमार पन्तसहितको टोलीलाई स्वागत गरेको थियो ।

कार्यक्रममा स्वागत ग्रहणपछि बोल्दै गैरआवासीय संघका अध्यक्ष पन्तलेनिजि क्षेत्रबाट लगानी गर्न कुनै प्रस्ताव आएमा गैरआवासीय संघ सुदूरपश्चिममा लगानी गर्न इच्छुक रहेको बताए । सामाजिक कार्यका लागि गैरआवासीय संघ सुदूरपश्चिमसँग पटक–पटक जोडिएको भन्दै उनले कुनै ठूलो लगानीका आयोजनामा संघ लगानी गर्न तयार रहेको र उवा संघ संगै सहकार्य गरेर अघि बढ्ने समेत बताए ।

‘आफनो क्षमता अनुसार यस प्रदेशमा धेरै कामहरु गरेका छौं,’ उनले भने, अझै गैरआवासीय संघले गर्नुपर्ने कामहरुको केही प्रस्तावहरु ल्याउनुभयो भने लगानी गर्न तयार छौं ।’ आगामी दिनमा पनि यस प्रदेशसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले ठूलो लगानीका आयोजना निर्माणका लागि गैरआवासीय संघसँग सहकार्य गर्न तयार रहेको बताए । २१ बुँदे माग सहित सरकार प्रमुखलाई विकासको माग राख्यौ ती सबै माग पुरा भएन । उनले आफुले सुपका पहाडि जिल्लामा हवाई जहाज यात्रा सुरु गरेको बताउदै सुदूरपश्चिममा निजि हवाई जहाज सञ्चालनमा ठूलो सम्भावना रहेको समेत बताए ।

विगतदेखि नै सुदूरपश्चिमका सम्भावना उजागरका लागि कैलाली उद्योग वाणिज्य संघले आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘मेला महोत्सव आयोजना गरेर सरकारसंग थुप्रै मागहरु राखेपनि केही मागहरु पूरा हुन सकेका छैनन् । ती मागहरु पूरा गर्न हामी गैरआवासीय संघसंग सहकार्य गर्न चाहन्छौं ।’

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए भने कार्यकारी प्रमुख गोमा अधिकारीले कार्यक्रम सञ्चालन गरेको थिईन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap