काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। बिहीबार सुन तोलामा ४ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ।यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधलबार चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।