सुनको मूल्य घट्दा चाँदी स्थिर


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं,१७ साउन । साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap