सुनको मूल्य केही घट्यो


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
सुनको मूल्य केही घट्यो

काठमाडौँ – सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap