काठमाण्डाै २६ साउन । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ । आज प्रति तोलामा २०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।
सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।