सुदूरपश्मि प्रदेशको सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी


लेखक : सुन्दराञ्चल      असार २०, २०७९ मा प्रकाशित     
सुदूरपश्मि प्रदेशको सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

असार २० धनगढी , नेकपा एकीकृत समाजवादीले सुदूरपश्मि प्रदेशको सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी रहेको जनाएको छ कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बसिरहेको सचिवालय बैठकमा सुदूरपश्चिमको नेतृत्वबारे एकीकृत समाजबादीमा छलफल भैरहेको एक नेताले बताए। भने

वागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा रहेको उनले बताए। सहमति अनुसार वागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन्।

 

बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ। वागमती छाड्दा समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको दाबी गर्ने भएको छ। ‘वागमती प्रदेशका बारेमा आवश्यक छलफल हुन्छ। यदि छाड्नैपर्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो स्वतः दाबी रहन्छ ’, एक नेताले भने, ‘त्यो बाहेक अन्य विकल्प पनि सोच्न सकिन्छ। मुख्य कुरा गठबन्धनलाई कसिलो बनाउँदै लैजाने भन्ने कुरा नै हो।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap