सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

२८ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।

यसैगरी एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ । संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद विकले बताइन् ।

एकीकृत समाजवादीको संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ लगायतका आकांक्षी छन् । सोमबारको बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल भए पनि आकांक्षीबीच सहमति नहुँदा प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो पनि बस्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap