सुदूरपश्चिम र जनकपुरबीच उपाधिका लागि भिडन्त हुने


लेखक : सुन्दराञ्चल      पुस ४, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम र जनकपुरबीच उपाधिका लागि भिडन्त हुने

 ४ पुस : नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । यी दुवै टोली फाइनलमा भिड्दा तेस्रो पटक भेट हुन लागेका हुन् ।
यसअघिका दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी छ । सुदूरपश्चिम जनकपुरलाई फाइनलमा हराउँदा ह्याट्रिक जितसहित पहिलो उपाधि उचाल्नेछ । तर जनकपुरलाई भने लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला उपाधि भिडन्तमा लिने मौका छ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान बनाएसँगै सुदूरपश्चिमसँग तेस्रो भेट पक्का गरेको हो । सुदूरपश्चिमले बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
फाइनल खेल शनिबार हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनलमा स्थान बनाएसँगै सुदूरपश्चिम र जनकपुरले कम्तीमा ५१ लाख रुपैयाँ सुरक्षित गरेका छन् ।
पहिलो क्वालिफायरमा पराजित भए पनि जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । कर्णालीले एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । तर समूह चरणको नतिजा दोहोरिँदा कर्णाली उपाधिबाट टाढा रह्यो ।
एनपीएलको सुरुवातमा खराब प्रदर्शन गरेको कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा स्थान बनाएको थियो । क्वालिफायरमा पराजित भएसँगै कर्णालीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ । चौथो भएको चितवनले भने १५ लाख रुपैयाँ पाउनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap