सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा, ७० प्रतिशत तयारी पूरा


लेखक : सुन्दराञ्चल      मंसिर ११, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा,  ७० प्रतिशत तयारी पूरा

महादेव गिरी . धनगढी-मंसिर ११ धनगढीमा यही मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुने सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण हुने भएको हो ।

 कैलाली उद्योग वाणिज्य संघले आज मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको करिब ७० प्रतिशत  काम पूरा भएको जानकारी दिए । महोत्सवमा करिब पाँच सय स्टल रहने तथा ९५ प्रतिशत स्टल बुक भइसकेको उनले बताए ।

महोत्सव करिब तीन करोड लगानीमा सम्पन्न हुने अपेक्षा गरिएको बताउँदै अध्यक्ष कुँवरले करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताए ।

महोत्सव सफल बनाउन मूल आयोजक समितिसहित २९ उपसमिति बनाइएको जनाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु.१०० राखिएको तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने आयोजकले जनाएको छ ।

संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । संघले पहिलो वर्ष सरकारसँग २१ बुँदे माग राखेको थियो । हालसम्म ५ वटा माग पूरा भएको र ६ वटा माग पूरा हुने क्रममा रहेको तथा १० वटा माग अझै पूरा नभएको यस पटक सरकार प्रमुखलाई १० किलोको माला लगाएर १० बुँदे माग राख्ने तयारी गरिएको महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।

महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने तथा ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।

 

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap