धनगढी मंसिर २२, सुदूरपश्चिम महोत्सव २०८१ आजबाट सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको १८ औं संस्करण सुरु हुन लागेको हो ।महोत्सवको सम्पूर्ण तयारी पूरा भएको तथा महोत्सव उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गरेको छ ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला ,फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरि करिब पाँच सय ३१ स्टल रहेको संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु।५०,सर्वसाधारणलाई रु। एक सय टिकटदर राखिएको तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने उनले बताए ।
संघले विसं।२०६३ सालदेखि ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्दै आएको छ । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा रहेको छ ।