सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु आजवाट अत्तरियामा


लेखक : सुन्दराञ्चल      फाल्गुन १३, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु आजवाट अत्तरियामा

फागुन १३ कैलालीको अत्तरियामा आजवाट महोत्सव सुरु भएको छ । सम्बृद्ध प्रदेशको आधार कृषि , पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आजवाट छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुन भएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव २५ गतेसम्म संचालन हुनेछ । महोत्सबकोउदघाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उदघाटन गरेका थिए।

लामीताल परिसरमा संचालन हुने महोत्सब उद्धघाटन अघि बिभिन्न किसिमका संस्कृतिहरु झल्कने झाकीँ ,बजागाजाहरु, लगायत यहाँका संघसंस्थाहरु सबैको सहभागितामा पहिला अत्तरिया बजारमा ञ्याली निकालिने भएको छ ।

यस अघि लाखौ खर्च गरेर महोत्सब स्थलमा आवश्यक सम्पूर्ण तयार पुरा गरेपनि स्थगित गर्नुपरेपनि अहिले देशभर कोरोना संक्रमण दर घटेसैगै पुन महोत्सव संचालन गर्ने निर्णय गरिएको हो । सुरक्षालाई बिषेश ध्यान दिएर सिसि क्यामरा जडान गरिएको र थप आवश्यक परेमा ड्रोन क्यामरा मार्फत पनि निगरानि राखिने संघका अध्यक्ष अशोकराज देबकोटाले बताए ।

यस्तै कोरोनाका जोखिम कायमै रहेकाले टिकट काउन्टरमा निशुल्क मास्कको समेत ब्यास्था गरिएको उनको भनाई छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले जनाएको छ ।

महोत्सबमा १ देखी लाख मानिसहरुले अबलोकन गर्ने अनुमान गरिएको छ भने डेढ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

 

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap