सुदूरपश्चिम प्रदेश भर ओल्के पर्व मनाईदै , आज सार्वजनिक विदा


लेखक : सुन्दराञ्चल      भदौ १, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश भर ओल्के पर्व मनाईदै , आज सार्वजनिक विदा

धनगढी भदौ १, सुदूरपश्चिम प्रदेशमा आज भदौ १ गते शुक्रवार ओल्के पर्व मनाइदै छ । सुदूरपश्चिम प्रदेश सरकारले भाद्र १ गते शुक्रबार आल्के पर्व परेकोले सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिम प्रदेशमा साउन मसान्तसँगै ओल्के पर्वबाट चाँड पर्वको सुरु गरिन्छ । ओल्के पर्व मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदुरपश्चिमेलीहरू घर फर्किएकाछन् ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के पर्व मनाउने चलन परापुर्व कालदेखि चलेको पाईन्छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कतिविद् पदमराज जोशीले बताउनुभयो ।

ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, छोरीचेलीहरूलाई घरमा बोलाएर मिठो÷मसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
ओल्के संक्रान्ती पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात,मास लगायर पकाएको रोटी अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।

साउन मसान्तको दिन साँझ सुदुरपश्चिम प्रदेशको मुख्य परिकार फाँडोभात , बटुक मासको परिकार समेत बनाएर खाने, ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने परम्परा रहेको पाइन्छ । यो पर्वको सामाजिक मान्यता भनेको ओल्के संक्रान्तिताका सातरातको झरी पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो ९सुखा० भएमा भोकमरि हुने ,प्रकृतिमा नयाँ–नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् ।

धुलो धुँवा र फोहोर पखालिन्छ । पाखा पखेरामा पानीका नयाँ मुहान फुट्ने भएकोले यो पर्वको समाज र प्रकतिसंग विषेश सम्बन्ध रहेको पाईन्छ । ओल्के संक्रान्ति पछि गौरा ,तीज ,दशैँ तीहार लगायतका चाँड पर्व पर्ने हुँदा आल्के पर्व सुदुरपश्चिमको पहिलो र ठुलोे पावन पर्वको रुपमा मनाईन्छ ।,यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु रहेको संस्कृतिविद् जोशीले बताउनुभयो ।

साथै गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने समेत गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको लक्ष्मी कडायतले बताउनुभयो । र्
विजय उत्सवका रूपमा बुढी हाल्ने पर्व अर्थात राक्षसी पुतनालाई पोल्ने ,भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला गोठाला ले पुतनाको शव दहन गरेको हँदा पुतनालाई पोल्ने परम्परा समेत रहेको पाइन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap