सुदूरपश्चिम प्रदेश ईञ्चार्ज नपाएपछि ओलीसँग भीम रावल असन्तुष्ट


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश ईञ्चार्ज नपाएपछि ओलीसँग भीम रावल असन्तुष्ट

काठमाण्डाै ८ असाेज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा १० बुँदे कार्यान्वयन भएको भन्दै असन्तुष्टी जनाएका छन् ।

शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका हुन् । १० बूँदे सहमतिमा २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्ने माग रावलको छ ।

अन्य प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन भएपनि सुदूरपश्चिम प्रदेशमा भने कार्यान्वयनमा आउन सकेको छैन् । उपाध्यक्ष रावलले जेठ २ अघि आफू सुदूरपश्चिमको संयोजक रहेकाले अब पनि आफू नै प्रदेशको ईञ्चार्ज हुनुपर्ने अडान लिँदै आएका छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले व्यूँताएपछि अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईञ्चार्ज तोकेका थिए । रावल माधव नेपाल समूहमा लागेपछि ईञ्चार्ज पद खोसिएको थियो ।

हाल सुदूरपश्चिम प्रदेशको ईञ्चार्जका विषयमा रावल र भट्टबीच विवाद चर्किँदै आएको छ । अध्यक्ष ओलीले भट्टलाई ईञ्चार्ज दिएपनि रावललेसमेत आफूलाई सुदूरपश्चिम प्रदेशको ईञ्चार्जमा दाबी गर्दै आएका छन् ।

आज पनि नेपाल समूहबाट आएका सुदूरपश्चिम प्रदेशका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाउँदै आएका छन् । आजको बैठकमा भानुभक्त जोशी र झपट रावलले पनि १० बुँदे सहमति कार्यान्वयन भएकोमा असन्तुष्टी जनाएका थिए ।

ईञ्चार्जका विषयमा असन्तुष्टी बढेपछि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएर समस्याको समाधान गर्ने आश्वासन दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भट्ट नै प्रदेशको ईञ्चार्ज भएको दाबी गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap