सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस


लेखक : सुन्दराञ्चल      अशोज १४, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

१४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । तर मन्त्री जोशीले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसँग बिजनेस नभएका कारण उक्त निर्णय लिनुपरेको दाबी गर्दै कांग्रेसको असन्तुष्टिको कारण नभएको बताइन् ।

‘प्रदेशसभा सञ्चालनका लागि पर्याप्त बिजनेस छैन । सोही कारण हामीले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हौं,’ जोशीले भनिन्, ‘यसमा गठबन्धनभित्रको कांग्रेसको विषय जोडिएको छैन ।’ सरकारले बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड बजेट पनि स्वीकृत गरेको छ । यसैगरी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री जोशीले बताइन् । बैठकले  प्रदेश उच्च शिक्षाको सम्भाव्यता अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव स्वीकृत र प्रदेश लेखा इकाई कार्यालय स्थापनाका लागि संरचना र दरबन्दी तेरिज स्वीकृत समेत गरेको उनले जानकारी दिइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap