सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र,


लेखक : सुन्दराञ्चल      चैत्र २६, २०७९ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र,

 चैत्र २६  सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ। कामका लागि भारत गएका सुदूरपश्चिमेलीहरु बिसु पर्व मनाउन घर फर्कन थालेसंगै कोरोना सङ्क्रमण बढ्न थालेको हो। अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ।

सङ्क्रमण बढेसंगै सातादिनभित्रै सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सय नाघेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ।

कैलालीमा ८६, कञ्चनपुरमा सात, बैतडीमा छ, दार्चुलामा दुई सक्रिय सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ। नयाँ भेरियन्टको कोरोनाको सङ्क्रमण फैलिन थालेसंगै यो प्रदेशमा पुनः तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्न थालेको छ।

यसैबीच, आज प्रदेशभरि २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका व्यक्ति हुन। पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ७१६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो। गौरीफन्टा नाकाबाट भित्रिएका २०, गड्डाचौकी नाका र झुलाघाट नाकाबाट फर्किएका एकरएक जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap