सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै

भाद्र ३१, सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन् ।

विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।

अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमा मा पर्दछ । शनिवार दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap