धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप संचालन हुने


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०७८ मा प्रकाशित     
धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री   बिवाइसी महिला गोल्डकप संचालन हुने

महादेब गिरी

संवाददाता

धनगढी, चैत ३।सुदूरपश्चिम प्रदेश कैलालीको धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब बिवाइसी महिला गोल्डकप बैशाख ३ गते देखी १० गतेसम्महुने भएको छ । प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब गोल्डकप आयोजक वनदेवी युवा क्लब अत्तरियाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्बेलनमा धनगढीको रंगसालमा गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए ।

आयोजकका अनुसार सुदूरपश्चिमलाई खेलकुद पर्यनको माध्यमकाट चिनाउने तथा सुदूरपश्चिमका महिलाई फुटबल खेलाडीलाई व्यवसायिक बनाउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको संयोजक  अधिकारीले बताए ।अन्तर्राष्ट्रिय महिला टिमलाई समेत सहभागीता गराउने उदेश्यले। प्रतियोगिता टिममा बिभागिय टिम सहित ८ देखि १० ओटासम्म क्लबको सहभागीता समेत रहने संयोजक दुर्गा अधिकारीले बताए । भने गोल्डकपको बिजयी टिमलाई ट्रफी सहित नगद ५ लाख र उपबिजेताले ट्रफी सहित २ लाख ५० हजार पुरस्कार राशी
दिइने क्लबका अध्यक्ष सुसन जोशीले सुनदराञ्चल लाई जानकारी दिए।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई १० हजारर उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैया प्रदान गरिने आयोजक अध्यक्ष जोशीले बताए ।भने प्रतियोगिता संचालनका लागि करिब १ करोड रुपैया खर्च लाग्ने जानकारी  दिए। भने नेपालमा सर्वाधिक धनराशिकोृ तथा सुदूरपश्चिममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुनगईरकोले यो प्रतियोगितालाई बिशेष उत्सब र सानको रुपमा हेरिन्छ भन्ने आशा लिएको आयोजकले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap