सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाट राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०७९ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाट राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

चैत्र २९,  धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले यस प्रकारका पराम्परागत खेलहरुको संरक्षण गर्न आवश्यक रहेको बताए ।
कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने प्रतियोगिताका भोली बिहिबार सम्म जारी रहुने छ । धनगढी रङशालामा जारी फेन्सिङ । सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७१ जना खेलाडी सहभागी भएका छन् ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका हात पारेका थिए । कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनकै सक्रियतामा सो प्रतियोगिता भएको हो । धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।
युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी भईसेकका छन । उनका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुनेछन् ।
इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समयअवधी तीन मिनेटको हुन्छ । खेलाडीले तीन मिनेटमा पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन ।
प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी गरेको छ । प्रतियोगिताको पहिलो हुनुहुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् ।संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिएका हुन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap