सुदूरपहाडका जिल्लामा हिमपात


लेखक : सुन्दराञ्चल      मंसिर २४, २०८१ मा प्रकाशित     
सुदूरपहाडका जिल्लामा हिमपात

 मंसिर २४ ,देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चिसो बढेसँगै हिमपात भएको हो ।

हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्‍याएको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका देशमा यो वर्षको पहिलोपटक हिमपात भएको हो ।

हुम्लाको सदरमुकाम सिमकोट, नाम्खा गाउँपालिकाको उत्तरी भेग चाला, लिमी, हिल्सा, यारी लगायतका ठाउँमा हिमपात भएको हो । त्यस्तै, दार्चुलाको खण्डेश्वरी, राप्ला, घुसा लगायतका क्षेत्रमा हिमपात भएको छ ।

डोटीको बडिकेदार गाउँपालिकाका केही क्षेत्रमा पनि दिनभर हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी लगायतका क्षेत्रमा साधरणदेखि पूर्णतया बदली भएको छ ।

बाँकी प्रदेशका भू–भागमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी तराईका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap