सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगे


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगे

धनगढी चैत्र ३, सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगेका छन्। शुक्रवार सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नजिर मियाँ धनगढी आइपुगेका हुन्।

सोमवार सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो। बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश नियुक्त गरेका हुन्।
नियुक्ति पश्चात् कार्यभार सम्हाल्न मियाँ शुक्रवार धनगढी आइपुगे हुन्। उनलाई धनगढी विमानस्थलमा स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वागत गरेको छ। मियाँले आजै पदभार ग्रहण गर्ने बुझिएको

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap