सुदूरपश्चिम घर भएका एआइजी एआइजीहरुमध्येमा उत्कृष्ट


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम घर भएका एआइजी एआइजीहरुमध्येमा उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्याङकनको नजिता सार्वजनिक गरेको छ । बुुुधबार प्रहरी महानिरीक्षकदेखि डिआइजीसम्मको नम्बर सार्वजनिक भएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका थिए । उनले एक सय पूर्णाङकमा ९०.५ नम्बर ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेश घर भएका एआइजी हरि पाल उत्कृष्ट भएका छन् । दार्चुलाको मालिकार्जुन गाँउपालिकामा जन्मिएर हाल कन्चनपुरको भिमदत्त नगरपालिकामा बस्ने हरि पाल बि.सं. २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् । डीआईजी हुँदा पालले २ नम्बर प्रदेशको कमाण्डर सम्हाले । २ नम्बर प्रदेशको जिम्मेवारी कुशलतापूर्वक निभाएपछि पाललाई विशेष ब्यूरोको जिम्मेवारी दिइयो ।

एआइजीहरुमध्ये हरि पाल उत्कृष्ट भएका हुन् । उनको नेतृत्वमा महानगरीय प्रहरी कार्यालयले ९५.८९ प्रतिशत ल्याएको छ । मानव स्रोत तथा प्रशासन विभागका एआइजी निरज बहादुर शाहीले ६७.११, कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेलले ६६.५२, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी प्रद्युम्न कार्कीले ६६.७९ तथा प्रहरी अस्पतालकी डा.आशा सिंहले ७९.१७ नम्बर ल्याएकी छिन् ।’
सात प्रदेशमध्ये बाग्मती प्रदेशका डिआइजी उत्कृष्ट भएका छन् । बाग्मतीका डिआइजीले ९७.०३ नम्बर ल्याएका छन् ।

त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश, तेस्रोमा गण्डकी, चौथोमा प्रदेश नम्बर १, पाँचौमा प्रदेश नम्बर २, छैठौंमा सुदुरपश्चिम तथा सातौंमा कर्णाली प्रदेशका डिआएजी भएका छन् । लुम्बिनीले ९६.५६, गण्डकीले ९६.०३, प्रदेश नम्बर १ ले ९५.९०, प्रदेश नम्बर २ ले ९५.७४, सुदुरपश्चिम प्रदेशले ९५.२१ र कर्णाली प्रदेशले ९४.९६ नम्बर ल्याएको छ ।

सबैभन्दा धेरै नम्बर ल्याउने बागमती प्रदेशको प्रमुखमा डिआइजी बसन्त लामा थिए । हालै उनको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।

त्यस्तै दोस्रो हुने लुम्बिनीमा डिआइजी रबिन्द्र धानकु, तेस्रो हुने गण्डकीमा घनश्याम अर्याल, चौथो हुने प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, पाँचौ हुने प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, छैठौं हुने सुदुरपश्चिममा उत्तम सुवेदी तथा सातौ हुने कर्णालीमा बसन्त पन्त थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap