सुदूरपश्चिममा ६ लाख बढीले लगाए कोरोना विरुद्धको खोप


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
सुदूरपश्चिममा ६ लाख बढीले लगाए कोरोना विरुद्धको खोप

धनगढी १७ भाद्र । सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेका संख्या ६ लाख एक हजार पाँच सय १८ पुगेको हो। ‘प्रदेशमा पूर्ण खोप लगाउनको संख्या चार लाख एक हजार ३३ छ,।’

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने। उनका अनुसार सबैभन्दा बढी कैलालीमा एक लाख ५५ हजार पाँच सय १० जनाले पूर्ण खोप लगाएका छन् । कैलालीमा पहिलो डोज लगाउनेको संख्या भने एक लाख ९५ हजार तीन सय ६१ छ ।

कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, डडेल्धुरामा १२ हजार एक सय ६२ र बाजुरामा सात हजार दुई सय १३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशमा अहिले पनि खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap