सुदूरपश्चिममा ४०१ जना हिमोफिलियाका बिरामी


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०८२ मा प्रकाशित     
सुदूरपश्चिममा ४०१ जना हिमोफिलियाका बिरामी

धनगढी, वैशाख ५ सुदूरपश्चिम प्रदेशमा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति रहेका छन्। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले बिहीबार धनगढीमा आयोजना गरेको ३६औँ हिमोफिलिया दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।

हरेक वर्ष अप्रिल १७ तारिखमा मनाइने हिमोफिलिया दिवसको अवसरमा समाजमा रगतसम्बन्धी यो रोगबारे सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश र नेपाल हिमोफिलिया सोसाइटी धनगढीको समन्वयमा दिवस मनाइएको हो।

कार्यक्रममा अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ४ हजार ९३७ जना हिमोफिलियायुक्त व्यक्ति रहेको जानकारी दिए। तीमध्ये सुदूरपश्चिम प्रदेशमा ४०१ जना रहेका छन्।अध्यक्ष साउँदले हिमोफिलियाका बिरामीलाई आवश्यक (क्लटिङ फ्याक्ट) (एन्टी फ्याक्टर) अभाव हुँदा उपचारमा समस्या भएको बताए।

उनले स्थानीय तहमै एन्टी फ्याक्टर उपलब्ध गराउनुपर्ने माग राखे।महासंघकी संयोजक प्रिया खड्काले सुदूरपश्चिमका ९ जिल्लाका १८ वटा पालिकामा हिमोफिलियायुक्त व्यक्तिको तथ्यांक संकलन भइरहेको जानकारी दिइन्।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap