धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपदबाट २८ दिनको अवधिमा १२९ परिवार प्रभावित बनेका छन्।
आगलागीका ६ घटनाबाट ७ परिवार प्रभावित भएका छन भने सर्पदंशबाट दुई जनाको मृत्यु नै भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–३ तल्लो शिर्षका ६० वर्षीय कमलसिंह साउँदको सर्पले डसेर मृत्यु भएको छ। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुगाउँदा उनको मृत्यु भएको हो।