सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौतिबारे प्रादेशीक संगोष्ठी कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौतिबारे  प्रादेशीक संगोष्ठी कार्यक्रम सम्पन्न

धनगढी ८ चैत , धनगढीमा साहित्यिक पत्रकारिताको अवस्था र चुनौति बारे पत्रकारहरुसँग प्रादेशिक संगोष्ठी गरिएको छ। सुदूरपश्चिम  प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा मिडिया नेपालको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो।

साहित्यिक पत्रकारिता भन्दा आम पत्रकारिता पुरानो भएता पनि वास्तविक विकास हुन नसकेको प्रति पत्रकार तथा संघोष्ठी कार्यक्रमको कार्यपात्रो प्रस्तोता चित्राङ्ग थापाले चिन्ता व्यक्त गरे। पछिल्लो समयका युवा पुस्ताले साहित्यिक पत्रकारितालाई नजरअन्दाज गरेको र सरकारको तर्फबाट समेत यसको विकासका लागि कुनै पहल हुन नसकेको अवस्था रहेको बताए। सुदूरपश्चिममा विगतमा गुगुल्डी सुदूर, चिनारी जस्ता दर्जनौं साहित्यिक पत्रिका प्रकाशन भएतापनि पछिल्लो समयमा आर्थिक अभावसँगै पाठकको अभावले गर्दा समेत साहित्यिक पत्रकारिता र पत्रिका दुवै ओझेलमा परेको पत्रकार नारायण अवस्थीले बताए।

यस्तै सरकारले पनि आगामी दिनमा विशेष पहल चाल्नुपर्ने देखिएको पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले बताए। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री मेघराज खड्काले साहित्यिक पत्रकारितालाई पाठकको अभाव हुनु नै साहित्यिक पत्रकारिता धरापमा पर्नुको मुख्य कारण बताए ‌।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशीले आफूले पत्रकारिता गर्दा पनि साहित्यिक पत्रकारितालाई विशेष ध्यान दिएको र क्याम्पस तहमा पढ्दै गर्दा पनि साहित्यिक पत्रिकाहरू प्रकाशन गर्दै आएको बताए। आज पनि साहित्य क्षेत्रको विकाससँगै साहित्यिक पत्रकारिताको विकासका लागि तत्पर रहेको सबैले यसमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने र साहित्यिक पत्रकारिताको नयाँ अभियान सुदूरपश्चिमबाट सुरुवात गर्नुपर्ने डा. जोशीले बताए।

कार्यक्रमको सभाध्यक्षमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी प्रमुख अतिथिमा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए।

नेपाल पत्रकार महासङ्घ खुदपश्चिम प्रदेश अध्यक्ष भरत शाह, यस्तै बरिष्ठ पत्रकार चित्राङ्ग थापा , पत्रकार महासङ्घ कैलालीका निवर्तमान  अध्यक्ष जगत साउद, निवर्तमान  अध्यक्ष हिमालय जोशी, पत्रकार महासङ्घ खुदपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट ,   पत्रकार नारायण अवस्थी , सँगै कैलालीमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको उपस्थिति रहेको थियो।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap