सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु

१८ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी एक हजार ९६० जना गम्भीर घाइते भए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ६०९ जना पुरुष, १५१ जना महिला र ९१ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी २२३ जनाले ज्यान गुमाएका छन् । यस वर्ष १४२ पुरुष, ४७ महिला र ३४ बालबालिकाको दुर्घटनामा मृत्यु भएको छ ।

उक्त आर्थिक वर्षमा २३४ वटा सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालकको लापरवाहीबाट १६६, तीव्र गतिमा सवारी हाँकेका कारण ३८, यात्रुको गल्तीका कारण १०, यान्त्रिक समस्याका कारण नौ र मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण एउटा दुर्घटना भएको छ । यस्तै उक्त अवधिमा चार सय ३४ जना  सवारी दुर्घटनामा परी घाइते भए ।

गत आर्थिक वर्ष २०७७/७८) मा पाँच सय ६२ सवारी दुर्घटना हुँदा सात सय ८४ सवारी साधनहरु प्रभावित भएका छन् । दुर्घटनामा १८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा एक सय ४६ पुरुष, ३० महिला र ११ बालबालिका रहेका छन् । गत आवमा सवारी दुर्घटनाका कारण १७ पशुचौपायाको पनि मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २८५ सवारी दुर्घटना हुँदा ३८६ सवारी साधनहरु प्रभावित भए । उक्त वर्षमा १०८ पुरुष, २० महिला र २३ बालबालिका गरी १४३ जनाले ज्यान गुमाउनु प¥यो । उक्त वर्ष २५४ जना गम्भीर घाइते भएका छन् भने दुर्घटनामा परी सात पशु चौपायाको समेत मृत्यु भएको छ ।

आव २०७४/७५ मा १६६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ज्यान गुमाउनेहरुमा ११३ पुरुष, ३६ महिला र १७ बालबालिकाहरु रहेका छन् । उक्त वर्ष १६४ सवारी दुर्घटना हुँदा २१९ सवारी साधन प्रभावित भएका थिए । उक्त वर्ष सवारी दुर्घटनामा परी घाइते हुनेको संख्या ३३८ रहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा भएका १८४ दुर्घटनाबाट २५४ सवारी साधन प्रभावित भएका छन् । दुर्घटनामा परी १३२ जनाले ज्यान गुमाए  । जसमा पुरुष एक सय, महिला १८ र बालबालिका १४ रहेका छन् । उक्त वर्ष ३४७ जना सवारी दुर्घटनामा परी घाइते भए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap