सुदूरपश्चिममा मन्त्री चयन अलमल: नागरिक उन्मुक्ति पार्टीमा सहमति नजुट्दा नाम टुङ्गो लागेन


लेखक : सुन्दराञ्चल      जेष्ठ १, २०८२ मा प्रकाशित     
सुदूरपश्चिममा मन्त्री चयन अलमल: नागरिक उन्मुक्ति पार्टीमा सहमति नजुट्दा नाम टुङ्गो लागेन

३१ बैशाख  ,सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी अझै निर्णयमा पुग्न सकेको छैन। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई मन्त्री चयनको जिम्मा दिइए पनि दुवैबीच सहमति जुट्न नसकेको हो।

 

यसअघि मन्त्रालय सम्हालेका लक्ष्मण किशोर चौधरीले चैत १३ गते पदबाट राजीनामा दिएका थिए। एक अडियो सार्वजनिक भई वनसम्बन्धी कार्यविधि बनाउने क्रममा लेनदेनको आशंका उठेपछि चौधरीले राजीनामा दिएका थिए।

 

मन्त्री चयनका लागि पार्टीको संसदीय दलको बैठक बसेर निर्णयको जिम्मा श्रेष्ठ र चौधरीलाई दिएको थियो। तर, दुवैले आ–आफ्नो पक्षबाट मन्त्री बनाउने अडान कायमै राखेपछि नाम टुङ्गो लगाउन सकिएको छैन।

 

पार्टी स्रोतका अनुसार पछिल्लो केही दिनदेखि दुवै नेताबीच रस्साकस्सी चलेको छ र यही कारण मन्त्रालय रिक्त रहँदै आएको छ। पार्टीभित्रको शक्ति सन्तुलनको विषयले मन्त्री चयन प्रक्रिया लम्बिएको विश्लेषण गरिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap