सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित

धनगढी २२ भाद्र । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।

सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित चौधरी राजपा पक्षमा थिए । बिगतमा राजपा पक्षकै प्रदेशसभा सदस्य मलामती कुमारी रानाले भने महन्त ठाकुरको साथ छोडेकी छन् ।

उनले आफू जसपामै रहने बताइन् । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई मंगलबारसम्म दल रोज्ने समय दिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap