सुदूरपश्चिममा खुले आठवटा सुपथ मुल्य पसल


लेखक : सुन्दराञ्चल      अशोज ११, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा खुले आठवटा सुपथ मुल्य पसल

 आश्विन ११, सुदूरपश्चिम प्रदेशभित्र आठवटा सुपथ मुल्य पसल खुलेका छन् । सोमबारदेखि सुपथ मुल्य पसलबाट दैनिक उपभोग्य सामान विक्रीवितरण गर्ने गरी पसल सञ्चालनमा ल्याइएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले सुदूरपश्चिममा आठवटा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ। कैलालीको धनगढी, अत्तरिया र टीकापुरमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगर र वेलौरीमा पनि पसल खोलिएको छ ।

पहाडी जिल्ला डडेल्धुरा, बैतडीको पाटन र डोटीको दीपायलमा पनि सुपथ मुल्य पसल खोलिसकेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए । असोज ७ देखि कात्तिक २२ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन हुने उनले बताए ।

धनगढी र अत्तरियामा खोलिएका सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने छ । दीपायल र पाटनमा भने प्रतिकिलो एक सय १०, डडेल्धुरामा एक सय ५, महेन्द्रनगरमा एक सय ४ र टीकापुरमा एक सय ५ रुपैयाँ पर्नेछ । सुपथ मुल्य पसलबाट चिनी प्रतिव्यक्ति २ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ । त्यस्तै नुन प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । नुन प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ ।

सुपथ मुल्य पसलहरुमा च्युरा, खाने तेल, दाल, पिँठो, मैदा पनि प्रतिव्यक्ति ५ किलो उपलब्ध गराउने र ७ रुपैयाँ छुट दिने साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख उपाध्यायले बताए । सुपथ मुल्य पसलमा चामल समेत राखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीसँग पाँच सय बोरा अर्थात २ सय ५० क्वीन्टल चिनी छ । पहाडी जिल्लामा समान ८०\८० बोरा चिनी ढुवानी गरिसकिएको प्रमुख उपाध्यायले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap