१५ भदौ, काठमाडौं । सुदूरपश्चिममा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेको छन् । दल रोज्न दिएको समयसीमा सम्ममा यो संख्या १४/१५ पुग्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।