सुदूरपश्चिममा उद्योग दर्ता हुनेक्रम बढ्यो


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
सुदूरपश्चिममा उद्योग दर्ता हुनेक्रम बढ्यो

धनगढी,१६ भदौ । सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढेको छ । पछिल्लो समय उद्यमतिर आकर्षण बढेपछि उद्योग दर्ता हुनेक्रम पनि बढेको हो । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएको छ ।

जसमध्ये सबैभन्दा बढी ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी, कृषि र वनमा आधारित उद्योग आठ हजार ६७२, उर्जामूलक उद्योग छ हजार ३८५, उत्पादनमूलक उद्योग पाँच हजार ६१३ वटा दर्ता भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पर्यटन उद्योग चार हजार १८ र निर्माण सम्बन्धी उद्योग २३१ दर्ता भएको छ ।

कोरोना महामारीका कारण धेरै मान्छे स्वदेश फर्केर उद्यमतिर लागेका छन् । कोरोनाकै कारण उत्पन्न बेरोजगारी समस्याका कारण धेरै मान्छे उद्यमतिर आकार्षित भइरहेको मन्त्रलायका योजना शाखा अधिकृत भरत श्रेष्ठले बताए ।

‘विदेशमा सीप सिकेकाहरु पनि यहाँ आएर त्यो सीप सदुपयोग गर्न उद्योग सञ्चालन गरिरहेका छन्’, उनले भने । ‘स–साना उद्योग दर्ता गरेर उद्यम गर्नेहरुको सङ्ख्या बढ्दै छ ।’ धेरै युवा उद्योग सञ्चालतिर अग्रसर भइरहेका छन् ।

यसैबीच, प्रदेशभरि लघु उद्यमीहरुको सङ्ख्या २२ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये, १७ हजार ६८ जना सक्रिय छन् भने पाँच हजार ५११ जना निस्क्रिय रहेको श्रेष्ठले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap