सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति


लेखक : सुन्दराञ्चल      पुस १७, २०७९ मा प्रकाशित     
सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति

१७ पुस, धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् ।

सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूची समेत बैठकले तय गरेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलको नेता चयन गरिनसकेका कारण प्रदेशसभा सदस्य बहादुरसिंह थापाले शुभकामना मनतव्य राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस (१९), नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७), नेकपा एकीकृत समाजवादी पार्टी(४), राप्रपा(१) गरेर ६ दलको प्रतिनिधित्व रहेको छ । एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

यहाँ कांग्रेस बाहेकका दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । कांग्रेसले भने नेता चयनका विषयमा आन्तरिक छलफल जारी रहेको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap