सुदूरपश्चिमकी आर्थिक मामिलामन्त्री गहतराजले भनिन्- म एमालेमै छु


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
सुदूरपश्चिमकी आर्थिक मामिलामन्त्री गहतराजले भनिन्- म एमालेमै छु

भाद्र १७, डोटी । सुदूरपश्चिम प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले आफू नेकपा एमालेमै रहेको बताएकी छन् । बिहीबार नेकपा एमाले डोटी जिल्ला कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू एमालेबाटै सांसद र मन्त्री बनेकाले एमालेमै रहेको बताइन् ।

‘बाहिर कसले के भन्यो, कसरी के कुरा आयो, थाहा भएन,’ उनले भनिन्, ‘यत्ति बुझ्नुस् कि म एमालेमै छु र एमालेमै रहन्छु ।’ पार्टी विभाजन भएका बेला नेताहरुको फोन आउनु र आफ्नो पक्षमा आउनुप¥यो भनेर दबाब दिनु सामान्य भएको उनको भनाइ छ ।

यसअघि मन्त्री गहतराज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने चर्चा थियो । कागज प्रमाण नपुगेको कारण मंगलबार उनको एकीकृत समाजवादीमा सनाखत भएको कुरा बाहिर आए पनि उनले उक्त कुरा झुटो भएको बताइन् । ‘मेरो पार्टी यतै छ, नेता कार्यकर्ताहरु यतै हुनुहुन्छ, म एक्लै चोइटिएर जाने कुरा भएन,’ उनले अगाडि भनिन् ।

सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना थिए । मंगलबार १० जनाले एकिकृत समाजवादी रोजिसकेका छन् । अन्य तीन सांसदहरू भौतिक पूर्वाधार तथा योजना मन्त्री दीर्घ सोराडी, एमाले प्रदेशसभा संसदीय दलका पूर्व सचेतक तारा लामा तामाङ र राज्यमन्त्री गहतराजको कागज प्रमाण नपुगेका कारण बुधबार सनाखत गर्ने भनिएको थियो । तर बिहीबारसम्म मन्त्री सोराडी र तामाङको समेत एकीकृत समाजवादीमा सनाखत भएको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap