सुदूरपश्चिमका प्रदेश सांसद माधव नेपाल नेतृत्वको पार्टीमा जाँदै


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
सुदूरपश्चिमका प्रदेश सांसद माधव नेपाल नेतृत्वको पार्टीमा जाँदै

धनगढी १५ भाद्र । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले आज सनाखत गर्ने तयारी गरेका छन् ।

आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसदहरु जुटेका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले भने,‘हामीले आजै सनाखत गर्ने तयारीमा छौं । अहिले सहमति जुटाउने प्रयासमै छौं ।’

‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ। हामी आजै धनगढीस्थित कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा छौं,’ उनले थप्दै भने ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्य आउने जानकारी प्राप्त भएको बताए। ‘आज सनाखतका लागि आउँछौ भनेर ११ बजे जानकारी गराएका थिए’ उनले भने ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरुमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए। नयाँ पार्टी दर्ता भएपछि अहिले माधव नेपाल पक्षमा रहेका केही प्रदेश सभा सदस्य एमालेमै फर्केका छन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ। दल दर्ताका लागि निवेदन दिएको दिन भदौ २ गतेदेखि गणना गरिएको थियो।

अध्यादेशमा भनिएको छ, ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap