सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भन्छन्, ‘एमाले छाड्दैन’


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी भन्छन्, ‘एमाले छाड्दैन’

धनगढी १५ भाद्र । सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नेकपा एमाले नछाड्ने बताएका छन्। प्रदेश सभाका कतिपय सांसदले आजै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहदा पूर्वमन्त्री सुवेदीले एमाले नछाड्ने बताएका हुन्।

‘म विगतमा पनि एमाले थिए, आज पनि एमाले छु र भोलि पनि एमाले नै रहनेछु,’ उनले दिनेशखबरलाई भने। उनले विगतमा केपी शर्मा ओलीविरुद्ध आफूहरु लागेको बताउँदै एमालेविरुद्ध कहिल्यै नभएको बताए। ‘हाम्रो लडाइँ केपी शर्मा ओलीविरुद्ध थियो। पार्टी विभाजनका लागि थिएन्। त्यसैले म विभाजनको पक्षमा हुन सक्दैन्,’ सुवेदीले भने।

प्रदेश सभामा रहेका एमालेका कतिपय सांसदले आजै प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समावजवादीको पक्षमा सनाखत गर्ने तयारी गरिरहेका छन्। सुवेदी भने काठमाडौँ छन्। सुवेदी विगतदेखि नै माधव समूहमा थिए। तर भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनले पनि एमाले नछाड्ने योजना बनाएको आकलन गर्न थालिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap