सुदुरपश्चिमा समाज दक्षिण कोरियाको अध्यक्षमा यज्ञमान नायक चयन


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
सुदुरपश्चिमा समाज दक्षिण कोरियाको अध्यक्षमा यज्ञमान नायक चयन

धनगढी, ६ असाेज । सुदुरपश्चिमा समाज दक्षिण कोरियाको १५ औ अधिबेशन सम्पन्न भएको छ । रोजगारीका शिलशिलामा दक्षिण कोरियामा रहेका सुदूरपश्चिेली नागरिकहरुको साझाँ सस्था सुदुरपश्चिमा समाज दक्षिण कोरियाको १५ औ अधिबेशन मंलगबार सम्पन्न भएको हो ।

उक्त अधिबेशनले यज्ञमान नायकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा महेश महरा, उपाध्यक्षमा जनक बहादुर बिष्ट, दिपेन्द्र रोकाया, महेश भट्ट, महासचिवमा योगेश बोहोरा, सचिवमा अमर भट्ट, रेवन्त रावल, कोषाध्यक्षमा टेकराज पनेरु र सह कोषाध्यक्षमा टंकेश्वर खडका चयन भएका छन् ।

अधिवेशनले  राजु न्यौपानेलाई बाजुराको संयोजकमा चयन गरेको छ । त्यस्तै जिल्ला संयोजक हुनेहरुमा मानबहादुर धामी (बझाङ्ग), महेश बजगाई (अछाम), कृष्ण भण्डारी (डोटी), छविलाल न्यौपाने (कैलाली), तीर्थराज कडायत (दार्चुला), डबलबहादुर चन्द (बैतडी), बसन्त बोहोरा (डडेल्धुरा) र विक्रम जोशी (कंचनपुर) रहेका छन् ।

यसैगरी सदस्यमा जगदिश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी, कुमार काफ्ले र हरिश बिष्ट चयन भएका छन् ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष बिर बहादुर पालको सभापतित्वमा भएको अधिबेशन कार्यक्रमका प्रमुख अतिथि युएनडिपीका सल्लाहकार अङ्गराज तिमिल्सेना रहेका थिए भने बिशिष्ट अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर  बलायर,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका संयोजक डाक्टर भरत नेगी ,एमटियुका अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति कोरियाका सभापति आस्था बिन्दु मल्ल, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सल्लाहकार नरेन्द्र भाट रहेका थिए ।

यसैगरी अथितिहरुमा कर्ण बहादुर चन्द, डाक्टर एकेन्द्र तिमिल्सेना, जितु उपाध्याय, पुर्व अध्यक्षहरु क्रमश नर बहादुर साँकि , धर्मराज जोशी,पुर्व उपाध्यक्ष नबिनराज जोशी, राष्ट्रिय खेलाडी लक्ष्मण अधिकारी, गायिका रेखा जोशी गायिका गौरी भट्ट,गायक भक्तराज भट्ट, लगायत दक्षिण कोरियामा क्रियासिल संघ संस्थाका प्रतिनिधि र विभिन्न देशहरुमा बस्दै आएका सुदूरपश्चिमेली नेपालीहरुको सहभागिता रहेको थियो । उक्त अधिबेशनको नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले पनि सफलताको शुभकामना दिएका थिए ।

सुदुरपश्चिमा समाज दक्षिण कोरियाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसले समय समयमा सुदूरपश्चिम सहित देशभर कुनै पनि ठाउँमा समस्या वा आपतबिपत पर्दा सबै भन्दा पहिला सहयोग गर्दै आएको छ । कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै द(कोरियामा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासीहरुको सक्रियता मा सन २००५ मा स्थापित स्थापना भएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap