सुदुरपश्चिमका तीन जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
सुदुरपश्चिमका तीन जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित

धनगढी २४ भाद्र । सुदूरपश्चिमका तीन जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ। १८ भदौदेखि सुरु भएको अधिवेशन अन्तर्गत प्रदेशका ६ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भए पनि कैलाली, डडेल्धुरा र बाजुरामा भने अनिश्चित बनेको छ। क्रियाशिल सदस्यतामा भएको विवादका कारण ३ जिल्लामा अधिवेशन हुन नसकेको हो। विवादित तीनै जिल्लामा मनोमानी क्रियाशील सदस्यता वितरण गरेको भन्दै विवाद भएको छ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा देखिएको कांग्रेस कैलालीका उप–सभापति प्रकाश बमले जानकारी दिए। उनले विवाद समाधान गर्न छानविन भइरहेको बताए। डडेल्धुरामा मनोमानी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै कर्ण मल्ललगायतका नेताले विरोध गरेपछि वडा अधिवेशन हुन सकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले पुराना नेतालाई पाखा लगाएर मापदण्ड नै नपुगेका  कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गरेको भन्दै डडेल्धुरामा विवाद सुरु भएको हो। डडेल्धुरामा निर्वाचन समितिले यही २५ भदौका लागि वडा अधिवेशन तोकेको छ।

तर जिल्ला सभापतिले विज्ञप्ति जारी गर्दै तोकिएको अधिवेशन स्थगित गरेका छन्। डडेल्धुरामा कांग्रेसका ४ सय बढी पुराना नेताको नाम क्रियाशील सदस्यताबाट हटाइएको उनको आरोप छ। बाजुरामा पनि क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ।  संस्थापन पक्षले अवैधानिक तरिकाले क्रियाशील सदस्यता बाँडेको भन्दै विवाद भएपछि बाजुरामा अधिवेशन कहिले हुने टुंगो छैन। असन्तुष्ट समूहले क्रियाशील सदस्यता छानविनको माग गरेको छ।

काँग्रेस बाजुराका नेता तथा त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले जिल्ला सभापतिको मिलेमतोमा अवैधानिक तरिकाले क्रियाशील सदस्यता बाँडेको आरोप लगाए। ४ सय ५१ जनाको फर्जी नामावली तयार गरी संस्थापन पक्षले एकलौटी गर्न खोजेको र कांग्रेस बाजुरालाई कम्जोर बनाउन खोजिएको उनको आरोप छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap