भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए ।
पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एक/दुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।
राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।
राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् । बुधafर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए । ‘हामीले क्षतिपूर्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले गल्ती स्वीकार गर्नुपर्छ भन्ने छ, अस्पतालले गल्ती स्वीकार पनि गरेको छ’
ताराले भने, ‘बहिनी नै मरेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र ? पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने ?’ उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गरे ।