सीमा सुरक्षा गुल्म गड्डाचौकीका प्रमुख उपाध्यायको नेतृत्वमा १० लाख मुल्यको अबैध सामान बरामद


लेखक : सुन्दराञ्चल      साउन १५, २०८२ मा प्रकाशित     
सीमा सुरक्षा गुल्म गड्डाचौकीका प्रमुख उपाध्यायको नेतृत्वमा  १० लाख मुल्यको अबैध सामान बरामद

सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरले बुधबार आज अबैध भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरिक्षक जनक राज उपाध्यायको नेतृत्वमा खटियको सात जनाको मोबाईल प्रहरी टोलीले १० लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको हो । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४ भासी र भिमदत्त नगरपालिका १० भन्सार रोडबाट उक्त सामान बरामद गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनु भयो । नेपालको सिमा नाकामा ल्याई बेवारिसे अवस्थामा छोडेको लेडिज कुर्ता सुर्वाल ,किरानाका सामान , ईलेक्ट्रोनिक सामानहरु पक्राउ गरेको हो । पक्राउ गरिएको सामान भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको समेत उपाध्यायले बताउनु भयो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap