सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारीले बिना धितो ऋण दिने


लेखक : सुन्दराञ्चल      चैत्र ४, २०८१ मा प्रकाशित     
सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारीले बिना धितो ऋण दिने

धनगढी चैत ५,   धनगढीको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारीले बिना धितो ऋण दिने भएको छ। धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको हो।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बमसहितको टोलीले तालिम लिदै गरेकाहरूसँग व्यवसाय गर्न नवजीवनले ऋण सहयोग गर्ने बताएको छ। नवजीवन सहकारी संस्थाले समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने बताएको हो। तर, व्यक्तिगत रुपमा ऋण लिनेहरूका लागि भने धितो आवश्यक पर्ने सहकारीले बताएको छ।

कर्मचारी हामी पठाउछौ। यही फारम भरिदिनुहुन्छ। भएपछि पाँच हजार तीन सय ल्याउनुस्। छैन भने, महिनाको एक–एक हजार तिर्न सकिन्छ। महिला उद्यमको लाछि छुट्‍टै सेवा छ। उहाँहरूले काम गर्नुहुन्छ।

२०५० साल मङ्सिर ३० गतेबाट कारोबार सुरु गरेको नवजीवन सहकारीका ३३ हजार बढी शेयर सदस्यहरू छन्। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गरेर १० वटा शाखा तथा सेवाकेन्द्रहरू छन्। सहकारीले चार सय ३७ करोड निक्षेप सङ्कलन गरेको छ भने, चार सय चार करोड बढी कर्जा लगानी गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap