साहरुख र नयनताराले सुरु गरे एट्लीको फिल्मको छायांकन


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
साहरुख र नयनताराले सुरु गरे एट्लीको फिल्मको छायांकन

बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

उनै, साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रको नाम ‘जवान’ राखिएको छ । यो चलचित्रलाई साउथका सफल निर्देशक एट्ली कुमारले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेशनबाट सुरु भएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बइमा काम सुरु गर्नेछ ।

यो चलचित्रमा साउथकी सुपरस्टार नायिका नयनताराले साहरुखसँग रोमान्स गर्नेछिन् । साथमा चलचित्रमा नायिका प्रियामणीको पनि अभिनय रहनेछ । साउथका निर्देशक र नायिका राखेर साहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारी गरिरहेका छन् । चलचित्रलाई करिब आधा बर्ष लगाएर खिचिनेछ । चलचित्रको बजेट समेत उच्च रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चलचित्रमा साहरुख दोहोरो भूमिकामा देखिदैछन् । यो चलचित्र आर्मीको पृष्ठभूमीमा रहेर निर्माण गरिने मिडियाले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै साहरुखको तस्वीर समेत सामाजिक संजालमा लिक भएको छ । जहाँ, साहरुख एक्सन दृश्यमा काम गर्ने तयारीमा रहेको वुझ्न सकिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap