सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज..?


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०७८ मा प्रकाशित     
सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज..?
  • काठमाडौं  चैत  ७युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् ।
सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक विद्यालयहरूको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूले अहम भुमिका निर्वाह गर्नुपर्छ ।”
नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरू लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरू समेत जागरुक हुनुपर्ने बताए ।

शनिबार गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले आईतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए । रातोपाटी

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap