सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा

३० भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई उनले आह्वान गरेका छन् ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको बताए ।

२०७२ सालको भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने प्रतिबद्धता जनाए । ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ । सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा प्राप्ति आजको आवश्यकता हो,’ उनले भने, ‘यस अभियानमा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नमुना मच्छिन्द्र विद्यालयले दृष्टिविहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले सञ्चालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाइरहेको बताइन् । भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि उनले स्मरण गरिन् ।

जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालयको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिविहीन बालबालिकाको पठनपाठन हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap