सानैमा आमा गुमाएकी दुर्गाको चट्याङ बन्यो काल दैलो टेक्न नपाउदै उनको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ९, २०८१ मा प्रकाशित     
सानैमा आमा गुमाएकी दुर्गाको चट्याङ बन्यो काल दैलो टेक्न नपाउदै उनको मृत्यु

धनगढी भदौ ९,कैलालीको गोदावरी नगरपालिकाको अत्तरियाबाट पहाड घर गएकी डोटीको जोरायल ६ गुनड ९९पत्तिर० की १८ बर्षकी दुर्गा साँउद घरको दैलो टेक्न नपाउदै उनको मृत्यु भएको छ । उनको चट्याङ लागेर शनिबार मृत्यु भएको हो । आफ्ना दाइसंगै पहाड डोटीको घर पुगेकी दुर्गा घरमा पुग्दा पानी धेरै परेको थियो ।

घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले उनी गम्भीर घाइते भइन । उनको बाँच्न सक्ने अवस्था नभए पनि घरपरिवारले ज्यान बचाउने आशामा शनिबार राती नै उपचारका लागि धनगढी पुगाएका थिए ।

अस्पताल पुगाए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् उनलाई चिकित्सकले मृत घोषणा गरेको परिवारले जनाएको छ । उनी गोदाबरी नगरपालिकाको लालपुरमा तराईको घरमा बसेर हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेकी थिईन् । सानैमा आमा गुमाएकी उनीका ४ दाई थिए । उनका दाईले हेल्थ असिस्टेन्ट पढाईरहेका थिए । उनी गौरा मनाउन आफ्नौ पुर्खेउली घर जोरायलको गुनड गएकी थिईन् । साँउद शनिबार मात्रै अत्तरियाबाट पहाड घर गएकी थिईन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap