काठमाडौं सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो
उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाएको बुझिएको छ ।