कांग्रेस सभापति देउवा भोलि धनगढी आउँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २५, २०८१ मा प्रकाशित     
कांग्रेस सभापति देउवा भोलि धनगढी आउँदै

 फाल्गुन २५ ,धनगढी । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् । नेपाली कांग्रेसको धानगढीमा हुने प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्नका उनी साेमबार धनगढी आउन लागेका हुन् ।सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा,विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको जनाइएको छ ।

rojgar mela

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap