साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन आजदेखि


लेखक : सुन्दराञ्चल      पुस १७, २०७९ मा प्रकाशित     
साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन आजदेखि

१७ पुस, काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार पार्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आइतबार (आज)देखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए । कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उनले बताए ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गर्दै त्यसको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको थियो । कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ । कार्यदलको प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य सेवा, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयलाई साझा कार्यक्रममा समेटिने नेताहरुले बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap