साउन २५ गतेदेखी बेपत्ता एक महिला अझै फेला परिनन्


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
साउन २५ गतेदेखी बेपत्ता एक महिला अझै फेला परिनन्

धनगढी ३ भाद्र । कैलालीको अत्तरियावाट १० दिनदेखी बेपत्ता एक महिला अझै फेला परेकी छैनन् । अछाम घर भई गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा दिदिको घर बस्दै आएकी ३२ बर्षिय जलु पाण्डे गएको साउन २५ गते बिहानदेखी बेपत्ता भएकी थिइन् । उनलाई सबै ठाउँमा खोज्दा पनि अहिले सम्म फेला नपारेको उनकी दिदि बसन्ती जोशीले बताएकी छन् । रातिसंगै सुतेको र बिहान उठ्दा पाण्डे एक्कासी बेपत्ता भएकी र सम्बन्धित सबै ठाउँमा खोज्दा पनि कहि कतै नभेटिएको जोशीले बताइन् ।

उनको मानसिक अबस्था ठिक नरहेको जोशीको भनाई छ । गहु गोरी बर्ण र पातलो ज्यान भएकी उनले रातो बुट्टा भएको कालो कुर्ती र रातो प्लाजु , घाँटीमा रातो माला , गुलाबी म्याजिक चम्पल लगाएको र दायाँ खुट्टामा चोट लागेको परिवारका सदस्यहरुले बताएका छन् ।

 उनको एक छोरा र एक छोरी रहेका छन् ।

उनलाई कहि कतै भेटेमा वा देखेमा नजिकैको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८६५६०८२०५ मा सम्पर्क गरिदिन बेपत्ता पाण्डेको परिवारले अनुरोध गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap