धनगढी ३ भाद्र । कैलालीको अत्तरियावाट १० दिनदेखी बेपत्ता एक महिला अझै फेला परेकी छैनन् । अछाम घर भई गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा दिदिको घर बस्दै आएकी ३२ बर्षिय जलु पाण्डे गएको साउन २५ गते बिहानदेखी बेपत्ता भएकी थिइन् । उनलाई सबै ठाउँमा खोज्दा पनि अहिले सम्म फेला नपारेको उनकी दिदि बसन्ती जोशीले बताएकी छन् । रातिसंगै सुतेको र बिहान उठ्दा पाण्डे एक्कासी बेपत्ता भएकी र सम्बन्धित सबै ठाउँमा खोज्दा पनि कहि कतै नभेटिएको जोशीले बताइन् ।
उनको मानसिक अबस्था ठिक नरहेको जोशीको भनाई छ । गहु गोरी बर्ण र पातलो ज्यान भएकी उनले रातो बुट्टा भएको कालो कुर्ती र रातो प्लाजु , घाँटीमा रातो माला , गुलाबी म्याजिक चम्पल लगाएको र दायाँ खुट्टामा चोट लागेको परिवारका सदस्यहरुले बताएका छन् ।
उनको एक छोरा र एक छोरी रहेका छन् ।
उनलाई कहि कतै भेटेमा वा देखेमा नजिकैको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८६५६०८२०५ मा सम्पर्क गरिदिन बेपत्ता पाण्डेको परिवारले अनुरोध गरेका छन् ।