लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एन को पहिलो वार्षिक अधिवेशन धनगढीमा हुने भएको छ।
शनिवार शुभश्री प्यालेस धनगढीमा पहिलो अधिवेशन हुने लायन्स क्लब डिष्ट्रीक ३२५ एनका डाईरेकटर जनक राज जोशी ले बताए । शुक्रवार पत्रकार सम्मेलन गर्दै कन्भेनर विष्णुप्रसाद बुर्लाकोटीले पहिलो वार्षिक अधिवेशनको तयारी पूरा भएको बताए। सम्मेलनमा ६ सय बढी लायन्स क्लबका सदस्यको सहभागिता रहने डिष्ट्रीक गभर्नर सिबी चन्दले बताए ।साथै उनले लायन्स क्लबको बारेमा र त्यसले समुदायमा खेल्ने भुमिकाको बारेमा समेत जानकारी गराएका थिए ।
लायन्स क्लब बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो।