सहकारीलाई अर्थमन्त्री शर्माको निर्देशन : उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
सहकारीलाई अर्थमन्त्री शर्माको निर्देशन : उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्

काठमाडौं ३२ साउन । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन्। नेफ्स्कुनको स्थापना दिवसमा उद्घाटन गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र बनाउन सहकारीहरुलाई आग्रह गरेका हुन्।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले प्रश्न गरे, ‘तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन।’
उनले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको जानकारी दिए। ‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु।’ मन्त्री शर्माले भने ‘तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्। कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्। गरिब निवारणमा सहयोग गर्नुस्।’

सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेकाले उनले त्यसलाई घटाउनुपर्ने उनको तर्क छ। कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको बताउँदै अर्थमन्त्री शर्मा त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे। उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे। अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन्।  देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap